युक्रेनको सैन्य ब्यारेकमा क्षेप्यास्त्र खस्यो, ४५ को मृत्यु

काठमाडौं । युक्रेनको दक्षिणी सहर माइकोलिएभमा सेनाको ब्यारेकमा क्षेप्यास्त्र प्रहारबाट धेरै जनाको ज्यान गएको छ । एक रिपोर्टका अनुसार यस आक्रमणबाट कम्तिमा ४५ जनाको मारिएका छन् ।
युक्रेनको सहर ओडेसामा रहेका बिबिसी संवाददाता एन्ड्रयू हार्डिंगका अनुसार सहरको उत्तरी इलाकामा रहेको सेनाको ब्यारेकमा दुई वटा क्षेप्यास्त्र खसेका थिए । त्यहाँ अहिले उद्धार र राहत कार्य भइरहेको छ ।
यी ब्यारेकमा स्थानीय सैनिकलाई प्रशिक्षण दिइन्थ्यो । यी सैनिकहरु ब्ल्याक सिको किनाराबाट रुसी सेनाले गरिरहेको आक्रमणको प्रतिरोध गरिरहेका थिए ।
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको २४ दिन भएको छ । अहिलेसम्म त्यहाँ ८ सय १६ जना सर्वसाधारण मारिएको संयुक्त राष्ट्र संघले जनाएको छ ।
संघका अनुसार मार्च १७ सम्म १ हजार ३ सय ३३ जना आम नागरिक घाइते भएका छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालय (ओएचसीएचआर) का अनुसार भीषण बमबारीमा सबैभन्दा बढी मानिस मारिएका छन् ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया