बिहीबार, माघ १५, २०८२

नेकपा एसबाट दुई गाउँपालिका अध्यक्षसहित नौ उम्मेदवार निर्विरोध

मेरोन्यूज २०७९ वैशाख १२ गते १९:०५
फाइल फोटो

काठमाडौँ । डोल्पाको दुई गाउँपालिकामा सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध भएका छन् ।

काइके गाउँपालिका र छार्का तोङसोङ गाउँपालिकामा एकीकृत समाजावदीका अध्यक्षहरू निर्विरोध भएका हुन् ।

नेकपा एसका केन्द्रीय सदस्य शुष्मा राईका अनुसार डोल्पाको दुई गाउँपालिकामा अध्यक्ष, एक गाउँपालिकामा उपाध्यक्ष र ६ वडाध्यक्ष गरी ९ जना पदाधिकारीहरू निर्विरोध भएका हुन् ।

निर्विरोध हुनेहरूमा काइके गाउँपालिका अध्यक्ष अङ्गत राना र छार्का ताम्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ रहेका छन् ।

यस्तै, डोल्पो बुद्ध गाउँपालिकामा नेकपा एसका उपाध्यक्षका उम्मेदवार पेमा दोर्जेस निर्विरोध भएका छन् । यस्तै, ६ वडाध्यक्षमा विजयी भएका छन् ।

प्रतिक्रिया