बुधबार, माघ १४, २०८२

गभर्नर अधिकारीको मुद्दा हेर्दाहेर्दैमा

मेरोन्यूज २०७९ वैशाख १३ गते १८:०८

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनसम्बन्धित मुद्दामा आगामी बिहीबार सुनुवाइ हुने भएको छ ।

सरकारको निर्णयविरुद्ध अधिकारीले दिएको रिटमा सर्वोच्च अदालतले यसअघि १३ वैशाखसम्म सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो ।

मंगलबार न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । तर, सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ ।

प्रतिक्रिया