शनिबार, माघ १७, २०८२

जुम्लामा ४९६ कर्मचारी निर्वाचनमा खटिए

मेरोन्यूज २०७९ वैशाख २५ गते १९:४६

काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि जुम्लामा ४९६ कर्मचारी खटिएका छन् । दुई सय चार मतदान अधिकृतसहित संख्यामा कर्मचारी खटिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले बताए ।

‘जिल्लाका ७९ मतदान स्थल र १०२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत खटिने कर्मचारीसमेत छनोट गरिएको छ,’ उनले भने । जसमा छ महिला निर्वाचन अधिकृत खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पाँच सयभन्दामाथि मतदाता भएका मतदान केन्द्र पाँच र पाँच सयभन्दा मुनी मतदाता भएका केन्द्रमा चार कर्मचारी खटाएको छ ।

जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार जिल्लामा ८८ मतदान केन्द्र पाँच सयभन्दा बढी मतदाता संख्या रहेको छ । सो संख्यामा १४ वटा केन्द्रमा मतदाता कम रहेको छ । सोही मापदण्डअनुसार जिल्लामा कर्मचारी परिचालन हुने निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

प्रत्येक केन्द्रमा कर्मचारीसहित तीन स्वयं सेवक खटिने भएका छन् । अधिकृत र सहायक मतदान अधिकृतको तालिम सञ्चालन गरिसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया