मंगलबार, फागुन २६, २०८२

नेपाल टेलिकमको तेस्रो त्रैमासिक वित्तिय विवरण : आम्दानी बढ्यो, नाफा घट्यो

मेरोन्यूज २०७९ वैशाख २९ गते १४:०९

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ५ अर्ब ४३ करोड खुद नाफा आर्जन गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ७.६३ प्रतिशतले कम हो । गत वर्ष यही अवधिसम्म कम्पनीले ५ अर्ब ८८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीको टेलिकम सेवा व्यापारबाट २८ अर्ब २१ करोड रुपैयाँ बढी आम्दानी गरेको छ ।

गत वर्ष कम्पनीको आम्दानी २७ अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि ४ अर्ब २२ करोड रुपैयाँबाट बढेर ४ करोड ३१ लाख रुपैयाँमा सीमित बनेको छ । चुक्तापुँजी १८ अर्ब रुपैयाँ रहेको कम्पनीको रिजर्भ घटेर ७४ अर्ब ११ करोड रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिसम्म रिजर्भमा ७४ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको वार्षिकीकृत ईपीएस ४०.२६ रुपैयाँ, पीई रेसियो २६.४८ गुणा, प्रतिसेयर नेटवर्थ ५११.१७ रुपैयाँ र तरलता अनुपात १.७२ रुपैयाँ रहेको छ ।

नेपाल टेलिकमको आ.व.२०७८/७९ को तेस्रो त्रैमासिकको वित्तीय विवरणको सारांश

  1. गत आ.व. को तृतीय त्रैमासिक अवधि (२०७७ चैत्र मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु २७ अर्ब ४५ करोड १३ लाख ५३ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७८ चैत्र मसान्त) सम्ममा  रु ७६ करोड ८२ लाख ५९ हजार (अर्थात २.८ प्रतिशत) ले वृद्धि भई रु २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रहेको । 
  2. गत आ.व. को तृतीय त्रैमासिक अवधि (२०७७ चैत्र मसान्त) सम्मको कुल आय रु. ३१ अर्ब ६७ करोड ३७ लाख ७४ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७८ चैत्र मसान्त) सम्ममा कुल आय रु.  ८६ करोड २९ लाख ५६ हजार (अर्थात २.७२ प्रतिशत) ले वृद्धि भई रु. ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रहेको।
  3. गत आ.व. को तृतीय त्रैमासिक अवधि (२०७७ चैत्र मसान्त) सम्मको खुद मुनाफा रु ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७८ चैत्र मसान्त) मा रु. ४४ करोड ९१ लाख २५ हजारले कमी भई रु ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रहेको।

गत आ.व.को तृतीय त्रैमासिक अवधिसम्मको तुलनामा चालु आ.व.को सोही अवधिसम्मको खुद मुनाफामा कमी आउनुको प्रमुख कारणहरु निम्नानुसार छन्– 

क. कोभिड-१९ को महामारी तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्तरआवद्धता सेवाको प्रयोगमा कमी ।

ख. २०७८ माघ महिनामा कोभिड-१९ को महामारीको तेस्रो लहरले गर्दा कम्पनीको सेवा उपभोगमा कमी आई कार्य सञ्चालन आयमा कमी आएको ।

ग. अन्तरआवद्वता शुल्क सम्बन्धी निर्देशिका अनुसार डोमेस्टिक अन्तरआबद्धता शुल्कमा कमी भएकोले कार्य सञ्चालन आयमा कमी भएको ।

घ. सेवा व्यापकरुपमा विस्तार गरिएकोले मर्मत सम्भार खर्चमा भएको वृद्धि, स्थिर सम्पत्तिको ह्रासकट्टी रकममा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको।

ङ. कोभिड-१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट धेरै कम दरका डाटा प्याकेजहरु शुरु गरिएको हुँदा जीएसएमः सेवा तर्फ डाटाको खपत बढे तापनि राजस्वमा सोही अनुपातमा वृद्धि हुन नसकेको। 

च. कोभिड-१९ को महामारी पश्चात चिपसेटको अभाव तथा अन्तर्राष्ट्रिय ढुवानीमा कठिनाइ र बढ्दो शुल्कका कारण उपकरण तथा सामान आयातमा ढिलाइ भई अपेक्षित समयमा सेवा विस्तार गर्न नसकिएको ।

प्रतिक्रिया