रसुवाको आठ वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत

रसुवा । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रसुवाको आठ वटा मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी महिलाले पाएका छन् । जिल्लाको पाँच वटा स्थानीय तहमा तोकिएका मतदान केन्द्रहरू मध्ये ८ वटा मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी महिलाले पाएका हुन् ।
जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । जसमा २ सय ५५ जना कर्मचारी निर्वाचन गराउन खटिएका छन् । जसमध्ये जिल्लाको कालिका गाउँपालिकामा एक, गोसाईंकुण्ड गाउँपालिकामा पाँच र आमाछोदिङ्मो गाउँपालिकामा एक जना गरी आठ जना महिला मतदान अधिकृतको जिम्मेवारी पाएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।
उनका अनुसार कालिका गाउँपालिकाको कालिका हिमालय क्याम्पस क मतदान केन्द्रमा मतदान अधिकृतको रूपमा कुमारी सरिता जोशी खटिएकी छन् । आमाछोदिङ्मो गाउँपालिकाको पार्वतीकुण्ड मावि गोल्जुङ मतदान केन्द्रमा सिता गुरुङ मतदान अधिकृतको रूपमा खटिएकी छन् ।
उत्तरगया गाउँपालिकाको भूमिदेवी मा.वि. ठूलोगाउँ क केन्द्रमा ज्ञानु थापा मगर मतदान अधिकृतको रूपमा खटिएकी छन् । गोसाईंकुण्ड गाउँपालिकाको वडा नम्बर १ थुमन मतदान केन्द्रमा आकृति पन्थी, नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे मतदान केन्द्रमा शर्मिला कार्की, वडा नम्बर ५ स्याफ्रुबेशी ख मतदान केन्द्रमा सम्झना क्षेत्री, गाउँफर्क राष्ट्रिय प्राथमिक विद्यालय बोकेझुण्डा मतदान केन्द्रमा सिता बेलबासे र रसुवा माध्यमिक विद्यालय धुन्चे मतदान केन्द्रमा गीता पोखरेल मतदान अधिकृतको रूपमा खटिएका छन् ।
महिलाले पनि जिम्मेवारी पाउनुपर्छ भन्ने उद्देश्यका साथ उनीहरूलाई जिम्मेवारी दिइएको उनले बताए । महिला मतदान अधिकृत तोकिएका यी मतदान केन्द्रमा सहायक मतदान अधिकृतमा पुरुष समेत रहेका छन् ।
त्यसैगरि १५ वटा मतदान केन्द्रमा सहायक मतदान अधिकृतको रूपमा महिला खटिएका छन् । महिला सहायक मतदान अधिकृत तोकिएका केन्द्रमा मतदान अधिकृत पुरुष पनि रहेका छन् ।









नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
निर्वाचन आयोगले तोक्यो ३ सहायक प्रवक्ता
नेसपा, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच पाँच बुँदे सहमति
विर्तामोडमा सार्वजनिक भयो दिपल एस०५, सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
प्रतिक्रिया