रसुवाको आठ वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत

रसुवा । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रसुवाको आठ वटा मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी महिलाले पाएका छन् । जिल्लाको पाँच वटा स्थानीय तहमा तोकिएका मतदान केन्द्रहरू मध्ये ८ वटा मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी महिलाले पाएका हुन् ।
जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । जसमा २ सय ५५ जना कर्मचारी निर्वाचन गराउन खटिएका छन् । जसमध्ये जिल्लाको कालिका गाउँपालिकामा एक, गोसाईंकुण्ड गाउँपालिकामा पाँच र आमाछोदिङ्मो गाउँपालिकामा एक जना गरी आठ जना महिला मतदान अधिकृतको जिम्मेवारी पाएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।
उनका अनुसार कालिका गाउँपालिकाको कालिका हिमालय क्याम्पस क मतदान केन्द्रमा मतदान अधिकृतको रूपमा कुमारी सरिता जोशी खटिएकी छन् । आमाछोदिङ्मो गाउँपालिकाको पार्वतीकुण्ड मावि गोल्जुङ मतदान केन्द्रमा सिता गुरुङ मतदान अधिकृतको रूपमा खटिएकी छन् ।
उत्तरगया गाउँपालिकाको भूमिदेवी मा.वि. ठूलोगाउँ क केन्द्रमा ज्ञानु थापा मगर मतदान अधिकृतको रूपमा खटिएकी छन् । गोसाईंकुण्ड गाउँपालिकाको वडा नम्बर १ थुमन मतदान केन्द्रमा आकृति पन्थी, नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे मतदान केन्द्रमा शर्मिला कार्की, वडा नम्बर ५ स्याफ्रुबेशी ख मतदान केन्द्रमा सम्झना क्षेत्री, गाउँफर्क राष्ट्रिय प्राथमिक विद्यालय बोकेझुण्डा मतदान केन्द्रमा सिता बेलबासे र रसुवा माध्यमिक विद्यालय धुन्चे मतदान केन्द्रमा गीता पोखरेल मतदान अधिकृतको रूपमा खटिएका छन् ।
महिलाले पनि जिम्मेवारी पाउनुपर्छ भन्ने उद्देश्यका साथ उनीहरूलाई जिम्मेवारी दिइएको उनले बताए । महिला मतदान अधिकृत तोकिएका यी मतदान केन्द्रमा सहायक मतदान अधिकृतमा पुरुष समेत रहेका छन् ।
त्यसैगरि १५ वटा मतदान केन्द्रमा सहायक मतदान अधिकृतको रूपमा महिला खटिएका छन् । महिला सहायक मतदान अधिकृत तोकिएका केन्द्रमा मतदान अधिकृत पुरुष पनि रहेका छन् ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया