गृहमन्त्री र कांग्रेस उम्मेदवारविरुद्ध फेरि पर्याे उजुरी

बुटवल । गृहमन्त्री बालकृष्ण खाण रुपन्देहीको तिलोत्तमामा बसेर मतदाता प्रभावित पारेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । त्यस्तै काँग्रेस उम्मेदवार रामकृष्ण खाणले पनि मतदाता भेटघाट गरी मौन अवधिमा आचारसंहिताको उल्लंघन गरेको भन्दै आयोगमा उजुरी परेको छ ।
तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीका भाई रामकृष्ण खाण मेयरका उम्मेदवार छन् । गृहमन्त्री खाणले आफ्नै घरमा विभिन्न मतदातालाई बोलाएर भेटघाट गर्ने गरेको र मौन अवधिमा समेत कतिपयलाई पार्टी प्रवेश गराएर आचारसंहिता विपरित गतिविधि गरेको भन्दै आयोगमा उजुरी परेको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ का दिपेश कंडेलले गृहप्रशासनको आडमा गृहमन्त्री जस्तो व्यक्तिले आचारसंहिता विपरित गतिविधि गरेको भन्दै मन्त्री खाण र काँग्रेस उम्मेदवार रामकृष्ण खाणमाथि कारवाहीको माग गरेका हुन् ।
गृहमन्त्री र उम्मेदवार खाण विरुद्ध यसअघि पनि आयोगमा उजुरी परेको थियो । आचारसंहिता विपरित घरदैलो कार्यक्रममा सहभागी भएको. भन्दै आयोगमा यसअघि नै उजुरी परेको थियो । त्यस्तै उम्मेदवार खाणविरुद्ध यसअघि सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको भन्दै उजुरी परेको थियो ।









अण्डाको मूल्य हालसम्मकै उच्च
झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना : ३० प्रतिशत भौतिक प्रगति
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
‘करेन्ट नुडल्स’ अब ग्रिन इनर्जीबाट बनाइने : यशोदा फुड्स
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
प्रतिक्रिया