चाँजु खोलामा आएको बाढीले बस्ती जोखिममा
मेरोन्यूज
२०७९ असार १४ गते ११:५०

झापा । झापाको कमल गाउँपालिका–५ स्थित चाँजु खोलामा आएको बाढीले सो क्षेत्र वरपर कटान तीव्र बनाएको छ । गएरातिदेखि परेको भारी वर्षासँगै खोलामा आएको बाढीले कटान तीव्र बनाएपछि त्यहाँका आधादर्जन घर उच्च जोखिममा परेको छ ।
वडाध्यक्ष लालबहादुर विष्टका अनुसार खोला आसपासका आधादर्जन घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आएको छ । खोलामा आएको बाढीले त्यहाँ बनाइएको अस्थायी तटबन्ध भत्काएका कारण खोला बस्तीमा छिर्ने खतरा भएको उनले बताए ।
कमलका १, २, ५, ६ र ७ वडाका बस्ती डुबान र कटानले जोखिममा परेको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए । प्राविधिकसहितको टोलीले तत्काल खोलाको कटान नियन्त्रण र परी आउन सक्ने विपद् व्यवस्थापनको पूर्व तयारीका विषयमा आवश्यक परामर्श गरिरहेको गाउँपालिका अध्यक्ष राईले बताए ।
सम्बन्धित
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
प्रतिक्रिया