नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायो स्वीकृति
मेरोन्यूज
२०७९ असार १६ गते १३:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त कम्पनीलाई प्राप्तिका लागि अन्तिम स्वीकृति दिएको हो ।
अब कम्पनी रजिस्ट्रारको कार्यालयले पनि स्वीकृति दिएपछि एकीकृत कारोबार प्रक्रिया अघि बढ्ने छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००:४३ सेयर स्वाप अनुपातमा प्राप्ति गर्न लागेको हो । अर्थात् नेपाल बंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले प्राप्तिपछि बन्ने नबिल बैंकको ४३ कित्ता सेयर पाउने छन् ।
दुवै कम्पनीको गएको ७ जेठमा बसेको छुट्टाछुट्टै विशेष साधारणसभाले प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेको थियो ।
सम्बन्धित














गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया