एनआईसी बैंकद्वारा तीन जनालाई बीमा रकम भुक्तानी

काठमाडौँ । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेका तीन जनालाई घातक रोगको बीमावापत प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कूल ३० लाख बीमा रकम भुक्तानी गरेको छ ।
बीमा लाभ प्राप्त गर्नेमा स्वयम्भु शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका हरिन्द्र शाह तेलीज्यू, जाजरकोट शाखामा बचत खाता खोलेका प्रचण्ड जंग शाहज्यू र थली शाखामा सर्वश्रेष्ठ कागेश्वरी मनोहराका सञ्जित तामाङ रहेका छन् ।
निज लाभदायीलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्त रुपमा एक कार्यक्रमबीच बीमा रकम बराबरको चेक हस्तान्तरण गरिएको हो । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।
बैंक मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।















भक्तपुरमा चलचित्र महोत्सव हुँदै
‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु ’
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने
नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
प्रतिक्रिया