शनिबार, फागुन ३०, २०८२

ब्रिटिश कलेजद्वारा पहिलो ‘टीबीसी मार्केट प्लेस’ सञ्चालन

मेरोन्यूज २०७९ साउन ८ गते १२:५२

काठमाडौँ । ब्रिटिस कलेजले बीबीए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीका लागि टीबीसी मार्केटप्लेस कार्यक्रम आयोजना गरेको छ । विद्यार्थीको शैक्षिक पाठ्यक्रमअनुसार उक्त कार्यक्रम आयोजना गरेको हो । विद्यार्थीले स्टलमार्फत उक्त कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

थापाथलीस्थित ट्रेड टावर भवनको भुइँ तलामा भएको उक्त कार्यक्रममा विद्यार्थीलाई व्यवसाय, प्रायोजन प्राप्त गर्ने, ब्राण्डिङ-डिजाइन र उत्पादन बिक्री गर्ने जिम्मेवारी दिइएको थियो । उनीहरूको कार्यक्रममा मूल्यांकन गरी असाइनमेन्टमा ४० प्रतिशत नम्बर दिइएको छ ।

बीबीए प्रोग्रामका प्रमुख सौरभ सत्यालले भने, ‘टीबीसीको कार्यक्रममा हामी उत्साहित भएका छौँ, यसले विद्यार्थीलाई यथार्थबारे प्रोत्सान गरेको छ, यसले उनीहरूको सिकाइदेखि लिएर शिक्षामा समेत उन्नत्ति गर्ने अपेक्षा गरेका छौँ ।’

यी स्टलहरू बिहान ८:३० बजेदेखि दिउँसो ४ बजेसम्म खुला हुनेछ । यहाँबाट गरगहना, पेन्टिङ, कस्मेटिकलगायतका विभिन्न सामाग्री पाउन सक्ने छन् ।

प्रतिक्रिया