सोमालियामा १७ लडाकू मारिए
मेरोन्यूज
२०७९ भदौ ३ गते १६:५२
काठमाडौँ । सोमालियामा थप १७ लडाकू मारिएका छन् । सुरक्षाकर्मीहरूको कारबाहीका क्रममा बिहीबार उनीहरू मारिएको अधिकारीहरूले जनाएका छन् ।
मारिएका सबै जना अल शबाब समूहका लडाकू भएको जनाइएको छ । सोमालियाको सेनाले सुरक्षा कारबाही अझै पनि तीव्र रुपमा जारी रहेको जनाएको छ ।
देशको हालेस, क्वासाली, नुसफानक्सा, बुबुर लागयतका ठाउँमा अतिवादी लडाकू समूहविरुद्धको कारबाही चलाइएको हो । सोमालियामा यस वर्षको सुरुदेखि नै सुरक्षा कारबाहीलाई तिव्रता र प्राथमिकता दिइएको अधिकारीले जनाएका छन् ।
सुरक्षाकर्मीले लक्षित गरेको सो शबाब समूहले देशका कतिपय ठाउँ आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आएको छ । त्यसै, गरी कतिपय उच्च पदस्थ अधिकारीहरूलाई समूहले आक्रमण गरेको थियो ।
सम्बन्धित










प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया