सोमबार, माघ ५, २०८२

आइएमई पेको क्युआर डे विथ आइएमई पे अफर पुनः सुरू

मेरोन्यूज २०७९ भदौ ८ गते १७:२९

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेले गएको असारमा संचालनमा ल्याएको क्युआर डे विथ आइएमई पे अफर पुनः सार्वजनिक गरेको छ ।

Advertisement
thakur moters insidethakur moters inside

यो अफर यही शुक्रबारदेखि हुने कम्पनीले जनाएको छ । पुरानो संस्करण जस्तै योपटक पनि प्रयोगकर्ताले कुनै पनि क्यूआर पेमेण्ट आइएमई पे एपमार्फत भुक्तानी गर्दा दिनभरिमा १० प्रतिशतसम्म प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

एक दिनका लागि मात्र लागु हुने यो अफरमार्फत अझ धेरै नयाँ तथा सम्भावित प्रयोगकर्तालाई आइएमई पे प्रयोग गरी डिजिटल भुक्तानी गर्न र माध्यमको प्रयोगमा अभ्यस्त बनाएर विद्युतीय भुक्तानीलाई प्रोत्साहन दिने कम्पनीले विश्वास राखेको छ ।

अघिल्लो समय जस्तै यस अफरमा यस पहिलो २५ सय सेवाग्राहीले मात्र क्यासव्याक पाउने छन् । पियर्स‐टु‐पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफरअन्तर्गतको क्यासव्याक नपाउने आइएमई पेले जनाएको छ ।

प्रतिक्रिया