फर्निचर एक्स्पोमा प्रदर्शकको उत्साहजनक सहभागिता हुँदै

काठमाडौँ । आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा प्रदर्शकको उल्लेख्य सहभागिता हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोमा नेपालसहित भारत तथा बंगलादेशका प्रदर्शकको उत्साहजनक सहभागिता हुने जानकारी दिएको हो ।
एक्स्पोको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ्ग संघले एक्स्पोको आन्तरिक तयारी पूरा गरी भौतिक तयारी सुरु गर्न लागिएको जनाएको हो । संघका अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदान प्रदान गर्न एक्स्पोले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
‘किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षण रहने छ,’ अध्यक्ष जोशीले भने । भदौ २३ गतेदेखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डमा आयोजना हुने एक्स्पोमा सयभन्दा बढी प्रदर्शनी कक्ष रहने छन् । संघका महासचिव अर्जुन घिमिरेका अनुसार ५ दिन चल्ने एक्स्पोमा एक लाख अवलोकनकर्ता आउने अपेक्षा छ ।
एक्स्पो अवलोकनकर्ताका लागि प्रवेश निशुल्क गरिएको उनले बताए । यसका लागि अवलोकनकर्ताले आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनु पर्नेछ । साथै एक्स्पोको डिजिटल पेमेण्ट पार्टनर डिजी पे मार्फत पनि निशुल्क प्रवेश पास पाउन सकिनेछ । प्रत्येक दिन डोर प्राइजका साथै दशैं विशेष छुटको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।
प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्स्पोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाईटेड फोम एण्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन् । प्रेस्टिज कार्पेटका सञ्चालक अनिल महेश्वरीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ एक्स्पो आयोजना गरिएकाले स्वदेशी ब्राण्ड प्रेस्टिज कार्पेटले मेलामा शीर्ष प्रायोजन गरेको बताए ।
बदलिदो आधुनिक जीवन शैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ । यस्तो मागको करिब ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल नेपाली फर्निचर तथा फर्निसिङ उद्योग आफ्नो बजार विस्तार गर्न राम्रो वातावरणको पर्खाइमा रहेको भन्दै संघले एक्स्पोले स्वदेशी उत्पादनको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएको छ । “नेपाली उत्पादनको प्रवद्र्धन गर्ने, प्रचारप्रसार गर्ने र विदेशबाट आयात हुने वस्तुहरुलाई विस्थापन गर्ने उद्देश्यका साथ आयोजना गरिएको एक्स्पोले नीति निर्मातालाई घच्घच्याउने अपेक्षा गरेका छौं,” एक्स्पोका संयोजक ओम बस्नेतले भने ।
मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचर र फर्निसिङका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने अपेक्षा गरिएको छ । प्रदर्शनीमा फर्निचर फर्निसिङका नविनतम सामाग्रीको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने लक्ष्य आयोजकको छ । यसका अलावा फर्निचर फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने आयोजकको विश्वास छ ।
एक्स्पोलाई डिजिटल पेमेन्ट पार्टनरमा डिजि पे र स्पेस म्यागिजिन, नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एशोसियसन नेपालको सहयोग रहेको छ । इभेण्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको समर्थन छ ।
संघले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा वर्षेनी फर्निचर तथा फनिसिङ सामाग्रीहरुको बृहत् मेला “फर्नेक्स नेपाल” को आयोजना गर्दै आएको छ ।















एमालेले आयोगमा बुझायो समानुपातिक सांसदको सूची
बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप पक्राउ
गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस
Two killed in separate accidents in Palpa and Udayapur
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया