पाकिस्तानलाई हराउदै श्रीलंकाले जित्यो एसिया कप उपाधि

काठमाडौ । पाकिस्तानलाई २३ रनले पराजित गर्दै एसिया कप क्रिकेट २०२२ को उपाधि श्रीलंकाले जितेको छ । श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि जितेको हो । श्रीलंकाले यसअघि सन् २०१४ मा प्रतियोगिताको उपाधि जितेको थियो ।
श्रीलंकाले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा एक सय ४७ रनमै समेटियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५५ रन बनाए । इफ्तिखर अहमेदले ३२ रन बनाए । श्रीलंकाका प्रमोद मदुसनले सर्वाधिक चार विकेट लिए ।
यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७० रनको योगफल खडा गर्यो ।
श्रीलंकाका लागि भानुका राजापाक्षेले सर्वाधिक अविजित ७१ रन बनाए । यस्तै, वनिन्दु हसरंगाले ३६ रन जोड्दा धनन्जय डी सिल्भाले २८ रन थपेका थिए । यस्तै, चमिका करुणारत्ने १४ रनमा अविजित रहेका थिए ।
पाकिस्तानका ह्यारिस रौफले सर्वाधिक तीन विकेट लिए । यसबाहेक, नसिम साह, इफ्तिखर अहमेद र सदाब खानले समान एक विकेट लिए ।
















संसदीय दलको नेता छान्न र कारबाहीबारे निर्णय लिन कांग्रेसको आज तीन वटा बैठक बस्दै
नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया