आइतबार, माघ ११, २०८२

भत्काएका संरचनाको फोहोर आफैँ व्यवस्थापन गदै महानगर प्रहरी

मेरोन्यूज २०७९ भदौ २७ गते ११:२०

काठमाडौं । काठमाडौं महानगरपालिकाले भत्काएका अवैध संरचनाको थुप्रो सफा गर्न सुरु गरेको छ । घरधनीले सफा गर्न अटेर गरेपछि नगर प्रहरीले आफैँ सफा गर्न सुरु गरेको हो ।

भदौ ६ गतेपछि विभिन्न ठाउँका अवैध संरचनामा डोजर चल्दा नगर प्रहरीले भत्काएका संरचना र व्यापारीको क्षतिपूर्ति धरधनीले तिर्नुपर्ने महानगरले बताएको थियो ।
डोजर चलाएर भत्काइएका अवैध संरचना क्षेत्रको अधिकांश साइट नगर प्रहरीले सफा गरिसकेको महानगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए ।

सुनधारास्थित काठमाडौं मल, पशुपति, न्युरोडस्थित आरबी कम्प्लेक्स, सुरज आर्केड, तीनकुने, कोटेश्वर, जडिबुटी शान्तिनगर, नयाँ बसपार्क, मित्रनगर, बनस्थली, असन–इन्द्रचोक–न्युरोड, गौशला क्षेत्रका अवैध संरचनामा महानगरको डोजर चलेको थियो ।

प्रतिक्रिया