राष्ट्रियसभा निर्वाचनः कर्णालीमा १९१ मत खस्यो
मेरोन्यूज
२०८२ माघ ११ गते १६:३६

कर्णाली । राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशमा १९१ जनाले मतदान गरेका छन् ।
कर्णाली प्रदेशसभाका ४० सदस्यमध्ये ३९ जना, ७९ स्थानीय तहका १५८ जनप्रतिनिधिमध्ये १५२ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दराम चौलागाईंले जानकारी दिए ।
उक्त निर्वाचनमा चार जनाले मनोनयन दर्ता गराएका थिए । केहीबेरमा मतगणना थालिने उनले बताए । अन्य क्लस्टरबाट नेपाली कांग्रेसका ललितजङ्ग शाही र नेपाली कम्युनिष्ट पार्टीका बुद्धिप्रसाद शर्मा तथा महिला क्लस्टरबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) की मीनासिंह रखाल र नेपाली कम्युनिष्ट पार्टीकी अञ्जु महताराले उम्मेदवारी दिएका थिए ।
सम्बन्धित
















हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
राष्ट्रियसभा चुनाव : गण्डकीबाट गणेश र सम्झना विजयी
कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी
सातै प्रदेशमा ९५.६८ प्रतिशत मतदान
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया