बुधबार, माघ ७, २०८२

नेप्सेमा सामान्या गिरावट, कारोबार रकम खुम्चियो

मेरोन्यूज २०७९ भदौ २७ गते १५:४५

काठमाडौँ । आज सेयर बजारमा गिरावट आएको छ । सोमबार बजार परिसूचक नेप्से १३.५९ अंकले गिरावट आएको हो ।

योसँगै नेप्से परिसूचक १९१२.६९ अंकमा पुगेको छ । सोमबार धितोपत्र बजारमा २६ लाख १३ हजार ५४० कित्ता सेयर किनबेच हुँदा ८३ करोड १६ लाख चार हजारको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कारोबार भएका कम्पनीमध्ये नबिल बैंकको सर्वाधिक चार करोड सात लाख ५५ हजारको सेयर किनबेच भएको छ ।

सोमबार कारोबार अवधिभर नेप्सेमा १८९ कम्पनीको सेयर कारोबार भएकोमा १४९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।

त्यस्तै, २८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सोमबार कारोबार भएकामध्ये युनाइटेड इदी मार्दी एण्ड आरबी कम्पनीको सेयर मूल्य सर्वाधिक ४.१७ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया