सोमबार, माघ १२, २०८२

सन्दीप लामिछानेलाई पक्राउ गर्न नोटिस जारी

मेरोन्यूज २०७९ असोज १० गते १८:४०

काठमाडौँ । नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी भएको छ ।

डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध भएका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्न सक्ने छन् । आफ्नो देशमा रहेको पत्ता लागे नेपाल पठाउने प्रक्रिया सुरु गर्ने प्रहरी जनाएको छ ।

सन्दीपमाथि किशोरीले बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी छन् । आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् ।

प्रतिक्रिया