महोत्तरी ट्राफिकको सक्रियता: आधा दर्जन सहायता कक्ष, दैनिक दुई सय सवारीसाधन कारबाहीमा

महोत्तरी । जिल्ला ट्राफिक कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गर्ने दैनिक २ सयभन्दा बढी सवारीसाधनलाई कारवाही गरेको छ ।
क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा दौडाउने, यात्रुमाथि अभद्र व्यवहार गर्ने जस्ता सवारीसाधनलाइ कारवाही गरिरहेको ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालयका प्रमुख उदय सिजापतिका अनुसार यात्रुहरुको साहयताको लागि आधा दर्जनभन्दा बढी सहायता कक्ष समेत स्थपना गरिएको छ ।
`बिगतमा देखिएका समस्यालाइ मध्येनजर गरि यात्रु सहायता कक्ष स्थापना गरेका हौ´ उनले भने, `यात्रु सहायता कक्षको स्थापनाले अलपत्र यात्रु तथा विविध समस्या सावधान हुने बिस्वास लिएका छौ ।´
ट्राफिक नियमको उल्लंघन गर्ने जोकोही पनि सजग रहन प्रमुख सिजापतिले यातायात व्यवसायीहरुलाइ आग्रह गरे ।
सहायता कक्ष जिल्लाका मुख्य राजमार्ग, हुलाकी सडक र भित्री सडकमा ब्यवस्थापन गरिएको छ । जिल्लामा अहिले १० वटा ट्राफिक युनिट छन् ।
प्रमुख सिजापतिले जिल्लाका १० वटै युनिटलाई निक्कै सक्रिय बनाएका छन् । प्रत्येक युनिटले दैनिक दिनको ३ पटकभन्दा बढी छडके चेक गरिरहेको सहायक कार्यालय प्रमुख होम भित्राकोटीले जानकारी दिए ।
प्रमुख सिजापतिले ट्राफिक प्रमुखको जिम्मेवारीमा आएदेखि ट्राफिक ब्यवस्थापनमा निक्कै परिवर्तन ल्याएका छन । ६ महिनाको अवधीमा नै उन्ले गौशाला नगरपालिकासगं समन्वय गरी ट्राफिक कार्यालयको आफ्नै भवन बनाएका छन् ।
जिल्ला ट्राफिक कार्यालय रहेको ठाउँ बर्दिबास नगरपालिकामा भने भाडामा बस्दै आएका छन् । ट्राफिक कार्यालयको आफ्नै भवनको लागि स्थानीय सरकार र सरोकारवाला निकायहरुलाइ अनुरोध गरिरहेको प्रमुख सिजापतिको भनाइ छ ।
















भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार
राष्ट्रिय वाणिज्य बैंकले आरबीबी डिजिटल संसार एपमार्फत सुरु गर्यो ‘फोनलोन’ सेवा
आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल
50 missing as boat capsizes in Mediterranean
Sankhuwasabha jeep accident: Identities of two deceased ascertained
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया