रोमान्टिक मुडमा देखिए शहनाज गिल र गुरु रन्धावा, फ्यानले रूचाए जाेडी
मेरोन्यूज
२०७९ माघ ३ गते ११:११

शहनाज गिल र पञ्जाबी गायक गुरु रन्धावाको नयाँ गीत मुन राइज यतिबेला चर्चामा छ । गीतमा दुवैको केमेस्ट्रीलाई फ्यानले रुचाएका छन् । यसैबीच गुरु र शहनाजको अर्को भिडियो सार्वजनिक भएको छ, जसमा दुवैजना निकै रोमान्टिक ढंगमा सूर्योदय हेरिरहेका छन् । उनको नयाँ गीत ब्याकग्राउन्डमा बजिरहेको छ, जसलाई गुरु स्वयंले लेखेका हुन् ।
भिडियोसँगै गुरु रन्धावाले को क्याप्सनमा लेखेका छन्- ‘कति सुन्दर सूर्योदय, शहनाजसँग बिताएका साँझ।’ शहनाज र गुरुको यो रोमान्टिक भिडियोलाई उनका फ्यानहरुले निकै रुचाएका छन् । फ्यानहरूलाइ दुबैको बन्डिङ निकै क्यूट लागिरहेको छ। भिडियोमा फ्यानहरु प्रतिक्रिया दिइरहेका छन् ।
एक प्रयोगकर्ताले कमेन्टमा लेखेका छन्- ‘तिमी दुइ सँगै धेरै क्यूट देखिन्छौ, एक अर्कालाई डेट गर।’ अर्का प्रयोगकर्ताले लेखेका छन्– यो जोडी कसैको नजर नलागाेस् ।’
सम्बन्धित










थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद
एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया