शनिबार, माघ १७, २०८२

सवा १३ लाख रुपैयाँ बैंकिङ कसुरमा युवक जेल चलान

मेरोन्यूज २०७९ फागुन १२ गते १६:४४

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका ८ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका ६ विसिङखर घर भएका २८ वर्षीय पविन तामाङ पक्राउ परेका छन् ।

उच्च अदालत पाटनको २०७८ माघ २ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा चार दिन कैद र १३ लाख ३० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौँमा पठाइएको छ ।

प्रतिक्रिया