शनिबार, माघ १७, २०८२

कटुवा पेस्तोल र गोलीसहित युवक पक्राउ

मेरोन्यूज २०७९ फागुन १३ गते १७:१९

काठमाडौँ । जनकपुर उपमहानगर १७ तेतरिया बजारबाट कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा लाग्ने एक राउण्ड गोलीसहित हंसपुर नगरपालिका ४ बस्ने २२ वर्षीय भरोस पासवान पक्राउ परेका छन् । उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया