भेटेरेनरी अस्पतालका कर्मचारीले पाएनन चार महिनादेखि तलब

काठमाडौँ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीले विगत चार महिनादेखि तलब छैनन् ।
कार्यालयमा प्राविधिक प्रशासनिकसहित स्थायी र करारका गरी २० कर्मचारी कार्यरत रहेका छन् । कर्मचारीले गत पुसदेखि हालसम्म तलब सुविधा नपाएको गुनासो गरेका छन् ।
बागमती प्रदेशको लेखा नियन्त्रक कार्यालयले सो कार्यालयमा लेखापाल तोकेर नपठाउँदा कर्मचारीले तलब नपाएको कार्यालय प्रमुख ब्रजकिशोर ठाकुरले बताए ।
साथै लेखापाल नहुँदा कर्मचारीको तलब निकासा, भेटेरेनरी औषधि खरिद, आर्थिकरूपले कार्यालय सञ्चालन तथा व्यवस्थापन, इन्धन खरिद र बर्डफ्लुबाट पीडित किसानले पाउनुपर्ने क्षतिपूर्तिसमेतमा बाधा पुगेको सो कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख डा ठाकुरले लेखापाल नभएकाले आर्थिक कारोबार गर्न समस्या भएको भन्दै प्रदेश लेखा नियन्त्रकको कार्यालयलाई पत्र लेखी पठाएको बताए ।
मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले लेखापालको अभावमा समस्या आएको र त्यसका लागि पहल भइरहको जानकारी दिए ।
















कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया