भेटेरेनरी अस्पतालका कर्मचारीले पाएनन चार महिनादेखि तलब

काठमाडौँ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीले विगत चार महिनादेखि तलब छैनन् ।
कार्यालयमा प्राविधिक प्रशासनिकसहित स्थायी र करारका गरी २० कर्मचारी कार्यरत रहेका छन् । कर्मचारीले गत पुसदेखि हालसम्म तलब सुविधा नपाएको गुनासो गरेका छन् ।
बागमती प्रदेशको लेखा नियन्त्रक कार्यालयले सो कार्यालयमा लेखापाल तोकेर नपठाउँदा कर्मचारीले तलब नपाएको कार्यालय प्रमुख ब्रजकिशोर ठाकुरले बताए ।
साथै लेखापाल नहुँदा कर्मचारीको तलब निकासा, भेटेरेनरी औषधि खरिद, आर्थिकरूपले कार्यालय सञ्चालन तथा व्यवस्थापन, इन्धन खरिद र बर्डफ्लुबाट पीडित किसानले पाउनुपर्ने क्षतिपूर्तिसमेतमा बाधा पुगेको सो कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख डा ठाकुरले लेखापाल नभएकाले आर्थिक कारोबार गर्न समस्या भएको भन्दै प्रदेश लेखा नियन्त्रकको कार्यालयलाई पत्र लेखी पठाएको बताए ।
मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले लेखापालको अभावमा समस्या आएको र त्यसका लागि पहल भइरहको जानकारी दिए ।


















संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया