उद्योग वाणिज्य महासंघको चुनाव
३ सय मत गणना हुँदा वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ अगाडी
उमेशलाल श्रेष्ठले ११३, अञ्जन श्रेष्ठले ९१ र रामचन्द्र संघाईले ९६ मत पाएका छन्

काठमाडौं । उद्योगी ब्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा मतगाण्ना जारी छ । जिल्ला नगर, एशोसिएट र वस्तुगत समुहको निर्वाचन परिणामपछि वरिष्ठ उपाध्यषका लागि अहिले मतगणना जारी छ । जारी मतगणनामा उमेशलला श्रेष्ठ अगाडी देखिएका छन् ।
उनले ३०० मत गणना हुँदा ११३ मत पाएका छन् । वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन्।
त्यस्तै पारम्भिक मत परिणाममा अञ्जनले ९१ मत र रामचन्द्र संघाईले ९६ मत पाएका छन् ।
महासंघमा वरिष्ठ उपाध्यक्षको लागि जिल्ला नगरको ५० प्रतिशत, एसोसिएटतर्फ ३० प्रतिशत र वस्तुगततर्फ २० प्रतिशत मतभार छ।
निर्वाचन जित्नका लागि जुनकुनै उम्मेदवारले पनि ५० प्रतिशत मत कटाउनु पर्ने हुन्छ । ५० प्रतिशत मत कटाउन नसकेमा बढी मत पाउने दुई प्रतिस्पर्धीका बीचमा फेरि मतदान हुनेछ ।
३०० को पारम्भिक मत परिणाममा तीनै जना उम्मेदवारका बीचमा कडा प्रतिस्पर्धा देखिएको छ । यसले फेरि दोहोरयाएर मतदान हुने पारम्भिक संकेत देखा परेको छ ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया