आईपीएलमा दिल्लीसँग हैदरावाद ७ रनले पराजित

काठमाडौँ । आईपीएलमा गयराति भएको खेलमा सनराइजर्स हैदरावाद दिल्ली क्यापिटल्ससँग ७ रनले पराजित भएको छ ।
पहिला ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो । जवाफमा सनराइजर्स हैदरावादले पूरा ओभर खेलेर ६ विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीका लागि कप्तान डेभिड वार्नरले २१, मिचेल मार्सले १५ बलमा ५ चौकाको मद्दतले २५, मनिष पाण्डेले ३४ र अक्षर पटेलले ३४ रन बनाए ।
अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । सनराइजर्स हैदरावादका वासिङ्टन सुन्दरले तीन तथा भुवनेश्वर कुमारले दुई विकेट लिए ।
लक्ष्य पछ्याएको सनराइजर्स हैदरावादले बलियो सुरुवात गरे पनि जित निकाल्न सकेन । मयंक अग्रवाल ४९, ह्यारी ब्रुक ७, राहुल त्रिपाठीले १५, अभिषेक शर्मा ५, कप्तान एडेन मार्करामले ३, हेनरिक क्लासेनले ३१ रन बनाए पनि जित निकाल्न सकेनन् ।
दिल्ली क्यापिटल्सका लागि एनरिक नोर्टजे र अक्षर पटेलले २–२ विकेट लिए ।









China has merged history into new technology
यस वर्षको सेजन अवार्ड पौडेल र तिमल्सिनालाई
शेख हसिना अर्काे भ्रष्टाचारमा दोषी ठहर, बहिनीकी छोरी पनि संलग्न
सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै होः अर्थमन्त्री खनाल
बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
प्रतिक्रिया