मधेस प्रदेशमा कम बजेट गएको भन्ने होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसमा बजेट कम परेको भनी सांसदहरुले संसदमा उठाएको प्रश्नमा सत्यता नरहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले संघीयताको अर्थ बुझिदिन प्रधानमन्त्रीले सांसदहरुसाग आग्रह गरेका थिए ।
संसदमा शुक्रवार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा कांग्रेसका सांसद अजय चौरसियाले उठाएको प्रश्नको जवाफ दिने क्रममा त्यस्तो बताएका हुन् । ‘मधेशमा कम बजेट विनियोजन भयो भन्ने साँचो होइन, संघीयताको मर्मबमोजिम संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेशमै जाने गरेको छ । त्यसका अतिरिक्त संघीय सरकारले पूर्व–पश्चिम राजमार्ग, पथलैया–वीरगञ्ज कोरिडोर, हुलाकी राजमार्ग, बागमती–कमला–चन्द्र नहरलगायत ठूला विकास आयोजनाहरू काम गर्दै आएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आयोजनाहरूको कार्यप्रगति र आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले त्यहीअनुसार बजेट विनियोजन हुँदै आएको छ ।’
प्रधानमन्त्रीले संघीयताको मर्मअनुरुप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम सोझै मधेशलाई दिइएको बताए । संघीय सरकारकै मातहतमा मधेश प्रदेशमा थुप्रै विकास आयोजनाहरू सञ्चालन भइरहेको प्रधानमन्त्रीको भनाई थियो ।
प्रधानमन्त्रीले मधेशमा अरू पनि थुप्रै आयोजनामा बजेटको प्रबन्ध गरेको बताए । उनले पर्साको वीरगञ्ज सहरको विकास सरकारको प्राथमिकतामा रहेको र नारायणी अस्पताल, ठाकुरराज बहुमुखी क्याम्पस लगायत त्यहाँको पुर्वाधार विकासमा समेत सरकारले बजेटको प्रबन्ध गरेको बताए ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया