मंगलबार, चैत २४, २०८२

आजको तरकारी मूल्य : सुकेकाे खुर्सानी ४५० रूपैयाँ केजी

मेरोन्यूज २०८० असार ११ गते १०:४८

काठमाडौं।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । 

Advertisement
nepal life insurencenepal life insurence

जसअनुसार टाटे सिमी प्रतिकेजी न्यूनतम मूल्य ९०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४४, घिउ सिमी लोकल ८०, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ७० रुपैयाँ , आलु रातो ४२, नेपाली गोलभेडा ठूलो ४०, टनेल गोलभेडा सानो ९, लौका ७० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ८०, कागती १५० रुपैयाँ,तोरीको साग  रू ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ६०, गुन्दुक २५०, अदुवा प्रतिकेजी ३०० रहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप ६०, हरियो धनिया ८०, लोकल लीच्ची १२०, खुर्सानी सुकेको ४५०, लसुन १४०, चाइनिज लसुन २१०, छ्यापी सुकेको १३० मा कारोबार भइरहेको छ ।

समितिका अनुसार केरा दर्जन १२०, अनार ४०० रुपैयाँ, किवि.८०० रुपैयाँ, अंगुर कालो ५८०,हरियो खुर्सानी अकबरे १२० रुपैयाँ,रहु माछा. ३१५, ताजा माछा (मुंगरी)  ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

प्रतिक्रिया