असाधारण बहुमतबाट झर्दै प्रधानमन्त्रीको मत
गत पुसमा २६८ सांसदको विश्वास पाएका प्रधानमन्त्री संसदमा अहिले १४७ सांसदको समर्थनमा खुम्चन थालेका छन्

काठमाडौँ । १० पुसमा प्रधानमन्त्री नियुक्त हुँदा प्रधानमन्त्री प्रचण्डसँग अहिलेका प्रतिपक्षी दलहरुको समर्थन थियो । २६ पुसमा पहिलो पटक संसदमा विश्वासको मत लिन जाँदा उनले संसदमा असाधारण मत प्राप्त गरेका थिए । अहिलेका समकक्षी नेताहरु प्रधानमन्त्री हुँदा पनि प्रचण्डले जति यसरी संसदको मत पाएका थिएनन ।
तर उनलाई संसदका एक सिटे दल नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा बाहेक सवै दलले विश्वासको मत दिएका थिए ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा उपस्थित २७० जनामध्ये विश्वासको मतको पक्षमा २ सय ६८ मत परेको थियो त्यसबेला । विपक्षमा २ मत प्रेम सुवाल र चित्रवहादुर केसीले मात्र दिएका थिए ।
राष्ट्रपति चुनावपछि नयाँ राजनीतिक परिदृश्य देखा परयो । प्रतिपक्षमा रहेको कांग्रेस सत्तापक्षमा र सत्तामा रहेको एमाले, राप्रपा लगायतका दल प्रतिपक्षमा पुग्यो । प्रधानमन्त्री प्रचण्डले फेरि दोस्रो पटक संसदमा विश्वासको मतको लागि परिक्षा दिनुपरयो ।
प्रधानमन्त्रीले चैत ६ गते दोस्रो पटक संसद्बाट विश्वासको मत लिएका थिए । त्यसबेला भने प्रचण्डको संसदमा रहेको असाधारण विश्वास घट्यो । त्यसबेला विश्वासको मत लिँदा २६८ को संख्या घटेर १ सय ७२ मा खुम्चियो । त्यस समयमा विपक्षमा ८९ मत परेको थियो भने नेमकिपा तटस्थ बसेको थियो ।
प्रधानमन्त्रीलाई कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले विश्वासको मत दिएका थिए ।
त्यसपछि फेरि तेस्रो पटक विश्वासको मतका लागि नभएपनि सरकारले प्रस्तुत गरेको आगामी आथिर्क वर्षको बजेटका लागि एमालेले मतदान माग गरयो । संसदकै इतिहासमा पहिलो पटक बजेटमा विपक्षी दलले गोप्य मतदान माग गरेपछि मतदान भएको थियो । यसले पनि सरकारको विश्वास कति छ भन्न्े देखाउँछ ।
एमालेले बुधबार संसदमा बजेटमा मतदान माग गर्दा भएको मतदानमा चैत ६ पछिको प्रधानमन्त्रीको संसदको विश्वास घटेको छ । अर्थात त्यसबेला सरकारबाहिर रहेपनि सरकारलाई साथ दिएको राष्टिय स्वतन्त्र पार्टीले अहिले विपक्षमा मतदान गरेको छ । जनमत पार्टीले पनि विपक्षमा मतदान गरेको छ ।
यो पटक बजेट पारित गराउन प्रधानमन्त्री आफैले पनि निक्कै पापड बेल्नु परेको थियो । बजेटमा सत्तासिन दलहरुभित्रै असन्तुष्टि थियो । उनले एकीकृत समाजवादीका सांसदहरुलाई आफैले विस्वस्त बनाउनु परेको थियो । अर्काे दल जनता समाजवादी पार्टीका सांसद फकाउन जसपाको संसदीय दलको बैठकमै पुगेर आफना धारणा राख्नु परेको थियो । उनले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई पनि टेलिफोन गरि बजेटमा सघाउन र आफुले असन्तुष्टिको सम्वोधन गर्ने प्रतिबद्धता जनाएका थिए । तर जनमतले भने प्रधानमन्त्रीको आग्रहलाई मानेन ।
त्यसपछि एमालेको मागका आधारमा बुधबार बजेटमा भएको मतदानमा पनि प्रधानमन्त्रीको मत घटेको छ । चैत ६ मा १७२ सांसदको समर्थन पाएका प्रधानमन्त्रीसँग अहिले १४७ मत देखिएको छ ।
बजेट बहुमतले पारित त भएको छ, यसले प्रधानमन्त्रीले संसदमा निरन्तर सांसदहरुको विश्वास गुमाउँदै लगेको तथ्यांक देखाएको छ । प्रधानमन्त्रीसँग चैत ६ मा दोस्रो पटक विश्वासको मत लिँदाका बेलाको भन्दा अहिले २५ मत कम पाएका छन् । उनले १० सांसदको साथ बुधबार संसदमा नपाएको भए बजेट फेल हुन्थ्यो । त्यसपछि उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था आउथ्यो । त्यो बाट भने प्रचण्डको नेतृत्वको सरकार जोगिएको छ ।
सरकारको पक्षमा कांग्रेसका ८८, माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसदको समर्थन जोड्दा १४२ सीट पुग्छ । बुधबारको मतदानमा माओवादीलाई चार दलबाहेक थप ५ सांसदले समर्थन गरेको देखिन्छ । लोसपाका ४, नागरिक उन्मुक्तिका ४ र जनमत पार्टीका ६ जना सांसदले सरकारको पक्षमा मतदान गरेको भए १५० भन्दा बढी हुने थियो । तर, सरकारलाई नागरिक उन्मुक्तिका ४ र स्वतन्त्र सांसद प्रभु साहले मात्रै समर्थन जनाएको अंकगणितले देखाएको छ ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी सरकारसँग देखिएको छ । नागरिक उन्मुक्ति र लोसपाका सांसदहरु पनि प्रधानमन्त्रीसँग देखिएका छन् । प्रभु शाहको पार्टी पनि सँगै देखिएको छ । अरु भने विप्षमा देखिन थालेका छन् ।
प्रधानमन्त्रीले संसदमा अव झन बलियो बनेर आफनो विश्वास टिकाउन नसक्दा प्रतिपक्षी दलले हिसाव गडबड गराईदिन सक्ने देखिएको छ ।
बुधबार प्रतिनिधिसभामा २५५ जना उपस्थित रहेकोमा बजेटको पक्षमा १ सय ४७ र विपक्षमा १ सय ८ मत पर्योि । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले पक्षमा मतदान गरेका थिए । त्यसैगरी विपक्षमा एमाले, रास्वपा, राप्रपा, नेमकिपासहितका विपक्षमा मतदान गरेका थिए ।
यो पनि

शितल शर्मा
मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया