मंगलबार, चैत २४, २०८२

नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

मेरोन्यूज २०८० असार १८ गते १८:२३

काठमाडौं । नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकले ‘नबिल डिबेन्चर–२०८७’ नामक ऋणपत्र जारी गर्ने भएको छ। ऋणपत्र निष्कासनका लागि अनुमति माग्दै बैंकले आइतबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

सेबोनले अनुमति दिएमा नबिल बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि जारी गरिनेछ। नबिल बैंकको यो ऋणपत्र ७ वर्षे अवधिको हो।

यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्। यो ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

प्रतिक्रिया