थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । थ्रीस्टार हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ६१ हजार ३१६ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् ।
उनीहरुमध्ये २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । यो आईपीओमा कुल १० लाख २४ हजार ४६ जनाले आवेदन दिएकामा २ हजार ८४८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जानकारी गराएको छ ।
कम्पनीले असार ५ गतेदेखि ८ गतेसम्म ६ लाख १३ हजार १६२ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । कम्पनीले यसअघि ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली र ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन आयोजना प्रभावित स्थानीयलाई बाँडफाँट गरेको थियो ।
साथै, कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याइएको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया