बुधबार, चैत २५, २०८२

व्यापार घाटा १५.२ प्रतिशतले घट्यो, सवारी साधनको आयातमा कमी

मेरोन्यूज २०८० असार २५ गते १४:२६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ औँ महिनामा कूल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आएको जनाएको छ । 

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्र बैंकले सोमबार जारी गरेको गत जेठ महिनासम्मको विवरणअनुसार कूल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आउँदै १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ३८ अर्ब ४७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २ खर्ब ८८ करोड बराबरको भएको थियो ।

गत जेठसम्म कूल वस्तु निर्यात २२.७ प्रतिशतले कमी आई एक खर्ब ४३ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२.२ प्रतिशतले कमी आएको छ । चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०६.७ प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ । 

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैँचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ । सोयाविन तेल, पाम तेल, पिना, लत्ता कपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

प्रतिक्रिया