प्रतिनिधि सभा बैठक एक महिनापछि सञ्चालन

काठमाडौं । सुनकाण्डको छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० देखि अवरुद्ध गर्दै आएको प्रतिनिधि सभा बुधबारबाट सञ्चालन भएको छ । बैठक अहिले जारी छ । छानबिनका लागि आयोग गठन गर्ने दलहरुबीच सहमति भएपछि बैठक सञ्चालन भइरहेको हो । एमालेले छानबिन आयोग बनाउने माग गरेर सदन अवरोध गर्दै आएको थियो ।
प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रतिनिधि सभालाई सुनकाण्ड छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने दलीय सहमतिको जानकारी गराएका छन् ।
सिंहदबारमा प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा आह्वान गरिएको राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच दुई बुँदे सहमतिसँगै सदन खुलेको हो । इलेक्ट्रिक सिक्रेटमा लुकाएर ल्याएको सुन साथै ब्रेक सुमा हालेर तस्करी गरिएको सुनलगायतका घटनामा उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भएको हो ।
दलहरूबीच एक महिनापछि असोज ५ गते आयोग गठन गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए । उनका अनुसार सुन तस्करीका सबै घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति बनेको छ । एमालेले साउन १० गतेबाट संसद अवरोध गर्दै आएको थियो ।

















लोयल्टी र फेरिल्यान्ड क्वाटरफाइनलमा
President applauds role of Sherpa people in promoting nation’s prestige
खैबर पख्तुनख्वामा घातक विस्फोट
ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता पत्र (पूर्णपाठ)
बुर्तिबाङ–ढोरपाटन सडक निर्माणकार्ये धमाधम
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया