गोसाइँकुण्डमा तीनलाख भेटी सङ्कलन

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा रु तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।
उनले भेटी रकम गणना सम्पन्न भएको र रकम बैंक खातामा जम्मा गर्न पठाएको बताए ।
यही भदौ १४ गते सम्पन्न जनैपूर्णिमा पर्वको विशेष मेला भर्न नीलाद्री पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी पुजारीमार्फत सङ्कलन भएको र सो भेटी नेपाल प्रहरीको सुरक्षाका साथ धुञ्चे पु¥याई गणना सम्पन्न भएको थियो।
यसैगरी गोसाइँकुण्ड जाने यात्रुबाट लाङटाङ राष्ट्रिय निकुञ्जले प्रवेश शुल्कबापत रु आठ लाख २४ हजार सात सय सङ्कलन गरेको छ । सहायक संरक्षण अधिकृत मिलन सापकोटाका अनुसार पूर्वतर्फको कुटुमसाङबाट एक हजार र धुञ्चेतर्फबाट सात हजार दुई सय ४७ भक्तजन गोसाइँकुण्ड गएको आफ्नो ‘चेक पोइन्ट’को अभिलेखले देखाएको हो । प्रतिव्यक्ति रु एक सय लिने कानुनी प्रावधानअनुरूप भक्तजनबाट सङ्कलन उक्त शुल्क रकम राजस्व खातामा दाखिला भइसकेको छ ।
यस्तै गोसाइँकुण्डमा तीर्थ गर्न जाने भक्तजन भने यस वर्ष करिव ४० प्रतिशतले घटेको अनुमान गरिएको छ । युवा भक्तजन बाह्रै महिना ओहरदोहर भइरहने भएका कारण यस वर्षको मुख्य पर्वमा गोसाइँकुण्ड जाने यात्रु घटेको बताइएको छ ।
तीर्थ पुगेका भक्तजनलाई भने नेपाली सेना, जिल्ला अस्पताल, गोसाइँकुण्ड गाउँपालिका र हिमालय उद्धार सङ्घलगायतका निकायले लेक लाग्ने समस्या न्यूनीकरणलगायतका उपचार सेवा प्रदान गरेको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले जानकारी दिए । लेक लाग्ने समस्या रोकथाम गर्ने औषधि उच्च भागमा जानुपूर्वनै सेवन गराइएका कारण यात्रुलाई विगतको तुलनामा यस वर्ष यात्रु बिरामी सङ्ख्यामा कमी आएको उनले बताए । ।

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
प्रतिक्रिया