आइतबार, फागुन ३, २०८२

सुदूरपश्चिमका मुख्यमन्त्री प्रमुख अतिथि रहेको मञ्च ढलेपछि …

मेरोन्यूज २०८० भदौ २० गते १२:५५

डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि रहेको एक कार्यक्रमको मञ्च ढलेपछि उपस्थित मान्छेहरुमा भागाभाग मच्चिएको छ । घटना डडेल्धुरा को हो । कांग्रेस सभापति शेरवहादुर देउवाको गृहजिल्ला डडेलधुरामा आज मुख्यमन्त्री शाह एक क्याम्पसको बार्षिक्उत्सव कार्यक्रमका लागि पुगेका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

डडेल्धुरा बहुमुखी क्याम्पसको २८औँ वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि बनेर मुख्यमन्त्री शाह त्यहाँ पुगेका थिए । तर कार्यक्रमस्थलको मञ्च अचानक ढलेपछि मान्छेहरुको भागदौड मच्चिएको थियो।

मञ्चका अतिथिहरू हतारहतार भागेका थिए।

स्टेजमा मुख्यमन्त्री शाहसँगै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सदस्य सरस्वती खड्का, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुखलगायत रहेका थिए।

मञ्च भत्किए पनि चोट भने कसैलाई पनि लागेको छैन। मञ्च भत्किएपछि केही समय कार्यक्रम स्थगित भएर पुनस् सुरु भएको छ।

मञ्च प्राविधिक कारणले ढलेको थियो ।

प्रतिक्रिया