आइतबार, फागुन ३, २०८२

सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

मेरोन्यूज २०८० भदौ २० गते १७:०९


काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निन्दा गर्दै आक्रमण गर्ने व्यक्तिमाथि कारबाही गर्न माग गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै यादवमाथि भएको सांघातिक हमलालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको उल्लेख गरेका छन् । ‘यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ । रिपोटर्स क्लवमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमण पछि उहाँको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ,’ पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यादवमाथि आक्रमण गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ । ‘उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले यादवको स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

प्रतिक्रिया