राजनीतिक व्यक्तिहरुको हत्या गर्नुलाई माक्सवाद भन्दैनन् : बामदेव गौतम
‘एमाले र एकीकृत समाजवादीमा जानसक्छु, माओवादीमा जान सक्दिन’

काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले जनयुद्ध कालमा राजनीतिक व्यक्तिहरुको हत्या गर्नुलाई माक्सवाद भन्न नसकिने बताएका छन् ।
बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै गौतमले माओवादीले जनयुद्ध कालमा नगर्ने काम गरेकाले प्रधनमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले जनताको घर घरमा पुगेर माफी माग्नुपर्ने बताए ।
‘जनयुद्ध कालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए। राजनीतिक व्यक्तिहरुको हत्या गरियो, त्यसलाई माक्सवाद भन्छन्, भन्दैनन्,’ गौतमले भने, ‘त्यसका लागि प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनआन्दोलनका पीडित पक्षको घर घरमा पुगेर माफी माग्नुपर्छ ।’
आफू नेकपा एमाले र नेकपा (एकीकृत समजवादी) पार्टीमा जानसक्ने तर नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने गौतमले बताए । ‘हामी नेपालको सबै कम्युनिष्टहरु एकता गर्न चाहन्छौँ, त्यो भनेको एमालेलाई छोडेर होइन। म नेकपा एमालेमा, एकीकृत समाजवादीमा जानसक्छु। म माओवादी केन्द्रमा जान सक्दिन ।’
गौतमले जनयुद्ध कालमा भएका नराम्रा कामका लागि प्रधानमन्त्री दाहालले जनयुद्धका पीडितका घरघरमा पुगेर माफी नमागेसम्म आफूले माओवादीको पार्टी सदस्यता लिन नसक्ने बताए ।
राजनीतिक व्यक्तिको हत्या गर्नु माक्सवाद नभइ गल्ती भएको गौतमले बताए । नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेरहद नहटाएको दाबी गरे। उमेर हद संविधानको धारा २४ को विरुद्धमा रहेकोले हट्नैपर्ने बताए।
‘कमरेड प्रचण्डले घरघरमा पीडितका घरमा गएर आफूले गरेको गल्ती हो भनेर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिन। संयुक्त रुपमा एउटै पार्टी बनाउने हो भने हामी जानसक्छौँ। नेकपा एमालेले ७० वर्ष उमेर हद हटायो भनियो तर त्यो हटाएको छैन,’ गौतमले भने, ‘उमेर हद भनेको यो संविधानको धारा २४ को बिरुद्धमा छ। त्यो व्यवस्था उँच, निच, छुवाछुत, जातिपाती, शारीरिक अवस्थामा भेदभाव गर्नेलाई दण्डनीय भनिएको छ। उमेर हद नेपालको संविधान बिरोधी छ, त्यो हट्नैपर्छ।’

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
प्रतिक्रिया