आइतबार, फागुन ३, २०८२

कोशी प्रदेश सरकारविरुद्धको रिटमा बहस सकियो, केहीबेरमा फैसला आउने

मेरोन्यूज २०८० भदौ २१ गते १३:०५

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटमा बहस सकिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार मुख्यमन्त्री थापाको तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, खम्बबहादुर खाती, महादेव यादव, प्रेमबहादुर खड्का र सुनिल पोखरेल लगायतले बहस गरेका छन्।

सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, डा कुमार चुँडाल र नहकुल सुवेदीको पूर्णइजलासमा बहस भएको हो। अहिले फैसला लेखनको कार्य भइरहेकाले केही समयमा फैसला आउने बताइएको छ।

भदौ ६ गते कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभाको अध्यक्षता गर्ने इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिनालाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सभाध्यक्षको मतलाई संविधानसम्मत् मान्न नसकिने ठहरसहित दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया