आइतबार, फागुन ३, २०८२

गृहमन्त्रीलाई गगन थापाको प्रश्न- काठमार्डौमा एक्लै हिंड्न नमिल्ने भएको हो ?

मेरोन्यूज २०८० भदौ २१ गते १३:४७

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं भित्रको सुरक्षा अवस्थाबारे सरकारको गम्भिर ध्यानाकषर्ण गराएका छन् । पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथी बुधबार भएको घटनाको निन्दा गदैं कांग्रेसले प्रतिनिधिसभा बैठकमा आज प्रश्न उठाएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर कांग्रेस महामन्त्री समेत रहेका सांसद गगन थापाले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै विरोध गरे ।
थापाले शान्ति सुरक्षाको विषयमा सरकारको ध्यानाकर्षण पनि गराए । ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु( के अब हामीले काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो रु कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ । हामी एक्लै हिंड्न हुने हो कि नहुने हो रु’ महामन्त्री थापाले प्रश्न गरे ।

प्रधानमन्त्री र गृहमन्त्रीले ठाउँठाउँमा ‘यसलाई छाडिने छैन’ भन्ने जस्ता शब्दहरु प्रयोग गर्ने गरेको उल्लेख गर्दै थापाले भने, ‘म आग्रह गर्न चाहन्छु । जिम्मा लिएकाले धेरै बोल्ने होइन, गर्ने हो ।’

‘सन्काले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिँदैछ । नेपाल कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहनछु । या विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस्,’ महामन्त्री थापाले भने ।

प्रतिक्रिया