कान्ति अस्पतालमा बालिका मृत्युबारे सत्ता र प्रतिपक्षका सांसदले मागे सरकारको जवाफ

काठमाडौँ । कान्ति बाल अस्पतालको इमर्जेन्सीमा दुई घण्टा कुर्दा पनि उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयमा प्रतिनिधि सभामा सांसदहरूले प्रश्न उठाउँदै सरकारको जवाफ मागेका छन् ।
उपचारका लागि लगिएकी बालिका रेजिशा गोपालीको सोमबार निधन भएको थियो । बिरामी भएर छट्पटाइरहेकी बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको विषयमा सांसदहरूले सरकारको जवाफ मागेका हुन् ।
सत्तारुढ दल कांग्रेसका सांसद गगन थापाले बालिकाले उपचार के कारणले पाइनन् र मृत्यु भयो भन्नेबारे सरकारको जवाफ मागेका छन् । उनले यस्तो अवस्था किन आयो ? अस्पतालको व्यवस्थापनबारे पनि सोधपुछ गर्नुपर्ने बताए ।
त्यस्तै प्रमुख प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले यस घटनाबारे स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् । उनले यो घटनामा संलग्नमाथि कारबाही र पीडितलाई न्याय दिनुपर्ने माग गरे ।
त्यस्तै रास्वपाकी सांसद डा. चन्दा कार्कीले यो घटना लज्जास्पद रहेकले यसमा दोषीहरूलाई कारबाहीको माग गरेका छन् । उनले अस्पतालमा पर्याप्त चिकित्सकहरू नहुँदा उपचार नपाउने अवस्था आएको बताइन् । उनले चिकित्सकहरूको पर्याप्त व्यवस्था गर्न माग गरिन् ।

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
प्रतिक्रिया