शनिबार, फागुन २, २०८२

ठगिएका कोशीका बाबुराम !

सम्हालिन नसक्दा कोशीको सत्ता राजनीतिमा सबैभन्दा बढी घाटा माओवादीका बाबुराम गौतमले ब्यहोरेका छन्

मेरोन्यूज २०८० भदौ २२ गते १०:११

काठमाडौं । कोशीको सत्ता राजनीतिमा नफापेका दुई पात्र छन् – उद्दव थापा र बाबुराम गौतम । कांग्रेस प्रदेश दलका नेता थापाले असार २१ यता दुई दुई पटक कोशीको मुख्यमन्त्री बन्ने अबसर पाए । तर ती दुबै अवसर सर्वाेच्च अदालतले तुहाईदियो । अर्थात उनी दुई पटक मुख्यमन्त्री बने दुई पटक नै सर्वाेच्चले उनलाई पदमुक्त बनाईदियो ।

Advertisement
nepal life insurencenepal life insurence

मौका पाएर पनि टिकाउन नसकेका असफल पात्र थापा बने । त्यस्तै कोशीमै मौका पाएर पनि सम्हालिन नसक्दा माओवादी केन्द्रका बाबुराम गौतमलाई पनि राजनीति फापेको छैन । ५ वर्षकै लागि सभामुख जस्तो पद पाएपनि उनले त्यसलाई संविधान र कानुन अनुसार सदुपयोग गर्न नजान्दा ३७ दिनमै दुई दुई वटा आइलागेको पद गुमाएका छन् ।

अर्थात उनले यो ३७ दिनका बीचमा प्रदेशको सभामुख मात्रै गुमाएनन, सभामुख छोडेर सौदावाजीमा लिएको प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री पनि गुमाएका छन् । सर्वाेच्चको बिहिबारको आदेशपछि उद्दव थापाको पद गुमेसँगै उनको मन्त्री पद स्वत गुमेको छ । यसले सबैभन्दा बढी कोशीको सत्ता राजनीतिमा घाटा कसैले ब्यहोरेका छन् भने ती नेता हुन् माओवादीका बाबुराम गौतम ।

मजदुर पृष्ठभूमिबाट माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेका गौतम गएको ४ मंसिरमा भएको निर्वाचनमा ओखलढुंगा प्रदेशसभा (ख)बाट निर्वाचित भएका थिए। उनकै समकक्षी मजदुर नेता शालिकराम जम्मकटटेल अहिले बागमति प्रदेशको मुख्यमन्त्री छन् । जम्मकटेल अध्यक्ष रहँदा अखिल नेपाल टेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष रहेका गौतम ततकालिन एमाले र माओवादी गठबन्धन रहँदा कोशीको सभामुख बन्न सफल भएका थिए ।

तर एमाले- माओवादी गठबन्धन टुटेसँगै बनेको नयाँ राजनीतिक समिकरणले उनको पदमा पनि उथलपुथल नै ल्याईदियो । कोशीमा दलहरुले प्रँप्त गरेको जनमत अस्थिर बन्दा र राप्रपा र एमालेको बलियो चटटानी समिकरण निर्माण हुँदा त्यसको असर गौतमलाई पर्न गयो ।

उनलाई पार्टी अध्यक्ष प्रचण्ड देखि गठबन्धनका अन्य नेताहरुले सभामुख छोडेर कोशीको सत्ता जोगाउन पनि मन्त्री पदमा सौदावाजी गर्न मनाए । त्यस अगाडी उनले सभामुखकै कुर्शीमा बसेर उद्दव थापालाई प्रदेश सभामा विश्वासको मत दिए । तटस्थ बस्नुपर्ने भूमिकामा रहेका नेताले पक्षधरता देखाएर मतदान गरेपछि त्यसलाई असम्वैधानिक ठहर गदै सर्वाेच्चले उद्दव थापालाई पहिलो पटक पदमुक्त गरिदिएको थियो । त्यसपछि सत्ता गठबन्धनले सभामुख रहेका गौतमलाई पदबाट राजीनामा गराई मन्त्रीमा सौदावाजी गरायो । उनले सभामुखबाट राजीनामा दिए प्रदेशको आथिर्क मामिला तथा योजना बन्त्री बन्नेअ वसर पाए । तर उपसभामुख ले मुख्यमन्त्रीले विश्वासको मत लिनेबेला प्रदेश सभा नचलाएपछि फेरि अर्काे संक्ट आइलाग्यो । उद्दव थापा नेतृत्वको प्रदेश सरकार फेरि ढल्यो । त्यसपछि बाबुराम गौतमको मन्त्री पद पनि गुम्यो ।

बिहीबार साँझ कोशीका मुख्यमन्त्री उद्धव थापालाई सर्वोच्चले पदमुक्त गरेपछि गौतमले त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

अदालतको निर्णयले कोशी प्रदेशको राजनीतिलाई झन् अन्योलपूर्ण बनाएको उनको टिप्पणी छ।

‘अदालत सहि होला सायदरु’ बिहीबार साँझ मन्त्री पदबाट मुक्त भएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोशी राजनीति झन् अन्योलपूर्ण दिशामा। तथापि बधाई नयाँ सरकार !’

बुधबार साँझ कोशीको मन्त्री पदबाट मुक्त भएका गौतम आज (शुक्रबार) बिहानै बिराटनगरबाट काठमाडौँ आएका छन्।

आफू पार्टी अध्यक्ष तथा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सबेरै काठमाडौं आएको उनले बताए।

‘अध्यक्ष कमरेडलाई भेटेर आजै दिउँसो विराटनगर फर्किनु छ,’ केहीबेरअघि गौतमले भने, ‘उता मैले मन्त्रालयमा बुझबुझारथ गर्न बाँकी छ। त्यसको लागि पनि आजै जानु छ।’

‘३७ दिनमा सभामुख र मन्त्री दुबै पद गुमाउनुपर्दा कस्तो लागेको छ ?’ गौतमले भने, ‘म १४ वर्षको उमेरदेखि राजनीतिमा लागेको मान्छेलाई यी सबै सामान्य कुरा हुन्। सभामुख र मन्त्री मलाई पार्टीले बनाएको हो। पार्टी नेतृत्वले भनेपछि सभामुखबाट त्यतिबेला राजीनामा दिएको थिएँ। सर्वोच्च अदालतको निर्णयअनुसार हिजो मन्त्री पद पनि गयो। राजनीतिमा यस्तो हुन्छ। यो कुनै ठूलो विषय होइन।’

प्रतिक्रिया