आइतबार, फागुन ३, २०८२

कोशीमा मुख्यमन्त्री कार्की र तीन मन्त्रीले लिए शपथ

मेरोन्यूज २०८० भदौ २२ गते १९:२०

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ्ले एमाले नेता कार्कीलाई मुख्यमन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

मुख्यमन्त्री कार्कीले पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेर शपथग्रहण गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री कार्कीले मन्त्रीमा तीलकुमार मेन्याङ्बो, एकराज कार्की, पाँचकर्ण राई र राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त गरेका छन् ।

कार्कीले मेन्याङ्बोलाई खानेपानी, सिँचाइ तथा उर्जा र स्वास्थ्य मन्त्रालय, पाँचकर्ण राईलाई वन वातावरण तथा पर्यटन मन्त्रालय र उद्योग, भूमि व्यवस्था तथा कृषि मन्त्रालय, कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र सिर्जना राईलाई सामाजिक विकास राज्यन्त्रीमा नियुक्त गरेका छन् ।

तीनै जना मन्त्रीहरूलाई प्रदेश प्रमुख खापुङले र राज्यमन्त्री राईलाई मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।

प्रतिक्रिया