‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुँदै

झापा । दमक नगरपालिका–९ दमकस्थित कदम थिएटरमा ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुने भएको छ । साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथामा आधारित सो नाटक यही असोज १२ गते मञ्चन हुन लागेको हो ।
दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन लिखापानी भाग्ने क्रमको नेपाली मूलकाहरूको जीवन भोगाइलाई साहित्यकार राईले कथामा जीवन्त रुपमा उतारेका छन् । यही कथालाई नै नाटकीरण गरेर रङ्गकर्मी जीवन बरालको निर्देशनमा पहिलो समूहका कलाकारहरूले अभिनय गर्ने भएका छन् ।
कदम थिएटरले गत जेठ २४ गतेदेखि रङ्गमञ्चको आधारभूत कार्यशाला सञ्चालन गरेको थियो । सोही कार्यशालाको अन्त्यमा नाटक ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’को मञ्चन गर्नका लागि पूर्वाभ्यास भइरहको कदम थिएटरका महासचिव कमन देवानले जानकारी दिए ।
रङ्गकर्मी बरालले यस कथालाई नाटकको रूपमा रुपान्तरण गरिरहँदा अहिलेको समयमा हाम्रो समाजले भोग्दै गरेको नियतिलाई छुने गरी तयार पारिएको बताए । उनले २० वर्षभन्दा धेरै नेपाली रङ्गमञ्चमा काम गर्दै आएका छन् । । उनले आधा दर्जनभन्दा बढी नाटकको निर्देशन गरिसकको जानकारी दिए ।









सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया