एनआइएमबी एस क्यापिटल लिमिटेडको म्यानेजरमा सचिन्द्र ढुंगाना

काठमाडौं । एनआइएमबी एस क्यापिटल लिमिटेडले सचिन्द्र ढुंगानालाई जेनेरल म्यानेजरमा बढुवा गरेको घोषणा गरेको छ । वित्तीय र लेखा क्षेत्रमा अनुभवी ढुंगानाले अब कम्पनीको वृद्धि र रणनीतिक पहलको नेतृत्व गर्नेछन् ।
द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट अफ नेपालबाट चार्टर्ड एकाउन्टेन्ट पढेका ढुंगानाले आफ्नो करियरमा निरन्तर समर्पण र विशेषज्ञता प्रदर्शन गर्दै आएका छन् । एसिसिएबाट आइएफआरएसमा डिप्लोमा प्राप्त गरेर वित्तीय प्रतिवेदन र विश्लेषणमा उत्कृष्टता प्रदर्शन गरेर उनले आफ्नो योग्यतालाई अझ बलियो बनाएका छन् । लेखापरीक्षण, लेखा, परामर्श र सल्लाहकार सेवामा एक दशकभन्दा बढी अनुभवको साथ ढुंगानाको यो निर्णायक भूमिका सम्मको यात्रा महत्वपूर्ण उपलब्धिहरूद्वारा अंकित रहेको लिमिटेडले जनाएको छ ।
उनले एसआर पाण्डे एण्ड कम्पनीमा अडिटर म्यानेजरको रूपमा छ वर्षभन्दा बढी समय बिताएका छन् । १.८ वर्ष एनआइएमबी क्यापिटल मार्केट्स लिमिटेडमा बिजनेस सपोर्ट र म्युचुअल फण्ड विभागको प्रमुखको रूपमा काम गर्दा उनले नेपालमा म्युचुअल फण्डको बृद्धि र विकासमा महत्वपूर्ण योगदान पु¥याएको लिमिटेडले जनाएको छ ।
ढुंगानाले यस बढुवा अगावै नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडमा २.५ वर्षसम्म चिफ अपरेटिङ अफिसर तथा चिफ अफ फाइनान्स युनिटको पद सम्हालेका थिए । उनको नेतृत्व र वित्तीय कुशलता उनको कार्यकालमा कम्पनीको उपलब्धिहरूमा सहायक बन्न सफल भएको जनाएको थियो । साथै उनले हेड अफ मर्चेन्ट बैंकिङ युनिटको रूपमा पनि काम गर्दा नेपाली पूँजी बजारमा म्युचुअल फण्ड व्यवस्थापन र कर्पोरेट सल्लाहकारको रुपमा सेवा प्रदान गरेका थिए ।
ढुंगानाको जेनेरल म्यानेजरमा नियुक्तिले उनको असाधारण योगदान, नेतृत्व र वित्तीय उद्योगमा उत्कृष्टताप्रतिको प्रतिबद्धता झल्काउने लिमिटिेडले जनाएको छ ।


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया