गुरुङ संस्कृति बुझ्न र सोरठी नृृत्य हेर्न घलेगाउँ

लमजुङ । प्राकृतिक छटाले भरिपूर्ण यहाँको क्व्होलासोथर गाउँपालिका(३ स्थित घलेगाउँ घरबास (होमस्टे)मा पर्यटक चहलपहल हुन भएको छ । दसैँअघि सुनसान जस्तै रहेको यहाँका घराबासमा दसैँलगत्तै चहलपहल सुरु भएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले जानकारी दिए ।
सचिव घलेका अनुसार घरबासमा दसैँ सुरु भएयता दैनिक ४० देखि ५० जना पर्यटक आउन थालेका छन् । “दुई दिन अघिसम्म दैनिक दुई सय जनासम्म पर्यटक आइरहेका थिए । विगतमा दैनिक तीन सयदेखि पाँच सय जनासम्म आउने गरेकामा पर्यटक आगामी दिनमा पनि सोही हाराहारीमा आउने अपेक्षा छ”, उनले बताए ।
यहाँ पर्यटकीय याममा प्रतिघरवासले रु ५० हजारभन्दा बढी आम्दानी गर्छन् । पर्यटक नआउदा फुर्सदिला बनेका यहाँका घरबास सञ्चालक पर्यटक आगमन बढेसँगै उनीहरुको सत्कारमा व्यस्त हुन थालेको घरबास सञ्चालक हेमकुमारी गुरुङको भनाइ छ । उनले भने, “अहिले त प्रत्येक घरबास सञ्चालकले दैनिक जसो आम्दानी गर्न थालिसकेका छन् ।”
विसं २०५७ बाट सञ्चालनमा आएको यहाँको घरबासमा अहिले ४४ घरमा घरबास सञ्चालन छ । जसमा एकै पटक तीन सय जनासम्म बस्नसक्ने क्षमता छ । साथै दुई वटा होटलसमेत सञ्चालनमा छन् ।
घरबासमा पुगेका पर्यटकका लागि सत्कारसँगै आफ्ना कला, भेषभूषा संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरुको जातीय पहिचानसहितको सांस्कृतिक नृत्यसमेत देखाउने गरिएको छ । विसं २०६२÷६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो ।
घले गाउँ नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गमथलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन ठाउँ हो । गाउँमा करिब एक सय ३५ घरधुरी छन् । यहाँबाट मनास्लु, ङादीचुली, अन्नपूर्ण हिमाल दोस्रो, अन्नपूर्ण हिमाल चौँथो, माछापुच्छे«, हिमालचुली, लमजुङ र बुद्व हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।
यहाँ घले राजामध्ये अन्तिम घले राजा ज्याल्बु रुजा क्लेको शालिक पनि राखिएको छ । यहाँ आउने पर्यटकलाई घरबास सञ्चालकले स्थानीय तहमै उत्पादित अर्गानिक धान, मकै, कोदो, भटमास, सायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासुलगायतका परिकार खुवाउने गर्दछन् ।
पर्यटकलाई सत्कारसँग आफ्ना कला संस्कृति जोगाई राख्न जुटेका गुरुङसेनीहरुको जातिय पहिचानसहितको कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायतका लोपोन्मुख सांस्कृति नृत्यसमेत प्रस्तुत गर्ने गरिएको छ । गाउँमा आएका पर्यटकलाई स्वागत तथा सम्मान र बिदाइमा सेतो टीका, फूल, फूलको माला, गुच्छा र खादा चढाइन्छ । पर्यटकलाई गुन्द्रुक, मकै, भटमास, कोदोको सेलरोटी, चिया लगायतका परिकार खुवाइन्छ ।
घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक हजार दुई सय ५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एकएक छाक भोजन र बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् ।
घले गाउँ काठमाडौँंबाट तनहुँको डुम्रेबजार हुँदै बेँसीसहरसम्मको एक सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेँसीसहरसम्म एक सय १० किमीको दूरीमा छ । त्यस्तै बेँसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ । घलेगाउँसम्म पुग्ने सडक पूर्वाधार विकास भइरहेको छ ।

















इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
प्रतिक्रिया