लुम्बिनी विकास बैंकको वार्षिक साधारण सभाबाट ८.५ प्रतिशत लाभांश अनुमोदन

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आज बिहीबार १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरी आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरुसँगै शेयरधनीलाई ४.५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयरसहित कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराईको अध्यक्षतामा सम्पन्न सभामा आव २०७९/८० को वार्षिक प्रतिवेदनउपर सहभागी शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले स्पष्ट पारेका थिए।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) स्थापना भएको छ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया