मंगलबार, चैत २४, २०८२

शिवम् सिमेन्टको वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

मेरोन्यूज २०८० पुष २७ गते १५:३७

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

उक्त साधारण सभाबाट आ.व. २०७९/०८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हो।

आ.व. २०७९/०८० सम्मको संचित मुनाफाबाट (शेयर प्रिमियम वापतको रकम यथावत रुपमा कम्पनीमा नै संचित राखी) अन्य संचित रकमबाट शेयरधनीलाई चुक्ता पूँजी रु ४ अर्व ४० करोडको१४.२५ प्रतिशतका दरले रु. ६२ करोड ७० लाख बराबरको वोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) रु. ३ करोड ३० लाख नगद लाभाँस सहित आफ्ना शेयरवालाहरुलाई कूल जम्मा १५ प्रतिशतका दरले लाभाँस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

हाल कम्पनीको अधिकृत पुँजी ७ अर्वर जारी तथा चुक्ता पूँजी रु. ४ अर्व ४० करोड रहेकोमा १४.२५ प्रतिशतका का दरले बोनश शेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा बृद्धि भई ५ अर्व २ करोड ७० लाख कायम हुनेछ ।

शिवम् सिमेन्ट लिमिटेडको आज मितिः २०८०/०९/२७ गते राष्ट्रिय सभागृह, प्रर्दशनी मार्ग, काठमाडौंमा आयोजना गरेको आठौं वार्षिक साधारण सभा कम्पनीको संचालक समितिका अध्यक्ष श्री गौरव गोयलज्यूको अध्यक्षतामा बसेको सभाले संचालक समितिले प्रस्ताव गरेका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पारित गरी सभा सम्पन्न गरेको थियो।

प्रतिक्रिया