मंगलबार, चैत २४, २०८२

३१ अंकले बढ्याे सेयर बजार, काराेबार रकम साढे ५ अर्ब

मेरोन्यूज २०८० पुष २९ गते १५:५१

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक आज ३१.६२ अंकले बढेसँगै २१२०.६२ को विन्दुमा उक्लिएको छ। इसतै सेन्सेटिभ इन्डेक्स पनि ४.०२ अंकले बढेर ३८८.१७ को विन्दुमा बन्द भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार बजार बढ्दा २११ कम्पनीको शेयरभाउ बढेको छ भने ३३ वटाको शेयरभाउ घटेको छ। तीनवटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज ३१४ वटा सूचीकृत कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता शेयर ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८०६.४० रुपैयाँमा किनबेच भएका छन्।

यसदिन १० वटा कम्पनीको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ भने नेपाल रिइन्स्योरेन्सको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ।

प्रतिक्रिया