एकै दिन १२ सय रुपैयाँले घट्यो सुनको मूल्य
मेरोन्यूज
२०८० माघ ३ गते ११:१२

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा एक हजार २०० रुपैयाँले घटेर कारोबार भइरहेको जनाएको छ ।
मंगलबार प्रतितोला एक लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा पनि १५ रुपैयाँ घटेर कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया