मंगलबार, चैत २४, २०८२

बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक

मेरोन्यूज २०८० माघ ३ गते १२:१२

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता तान्दैछ ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्न लागेको हो । बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण जारी गर्दै छ ।

केन्द्रीय बैंकले उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज हुने छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । मिति माघ १७ गते साँवा र ब्याज भुक्तानी निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।

बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

प्रतिक्रिया